आ.व २०७६/७७ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न |

आ.व २०७६/७७ को बार्षिक प्रगति समिक्षा गोष्ठी २०७७/०४/२२ मा सम्पन्न भयो । समीक्षा गोष्ठीमा सबै शाखा प्रमुखले शाखागत प्रस्तुति र प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट समग्र प्रगति प्रतिवेदन पेश भइ प्रत्येक प्रतिवेदन उपर व्यापक छलफल र समीक्षा भयो । मोदी गाउँपालिकाको अाव २०७६/७७ को समग्र वित्तिय प्रगति ७९.२१ प्रतिशत भयो । जसमा ससर्त तर्फ ८७.३५ प्रतिशत , गाउँपालिकाको चालू र पूजीगत खर्च अनुमानको ७०.१२ प्रतिशत र वास्तविक अायको ८६.९५ प्रतिशत रहयो । तेस्तै सामाजिक सुरक्षा खर्च ९६.२३ प्रतिशत, सामाजिक विकास मन्त्रालयका ३ वटै कार्यक्रममा १०० प्रतिशत, पुर्वाधार विकास साझेदारी कार्यक्रममा ६९.२४ प्रतिशत, शिक्षा विकास निर्देशानलय तर्फ १०० प्रतिशत, पञ्जीकरण विभागतर्फ ८३.०५ प्रतिशत, गरिव सँग विश्वेश्वर कार्यक्रममा १०० प्रतिशत वित्तिय प्रगति रहयो । समग्रमा कोभिड १९ का बाबजुद पनि गाउँपालिकाको प्रगति सन्तोषजनक रहेको निष्कर्ष गाउँपालिकाले निकालेको छ ।