मेलमिलाप सम्बन्धी आधारभूत तालिम कार्यकम सम्पन l

मोदी गाउँपालिकाको आयोजना तथा जन अधिकार संरक्षण मन्च पिपिआर नेपालको संयोजनमा मोदी गाउँपालिका मोदी ८ चित्रेमा मिति २०८० भाद्र २१ देखि २८ सम्म सन्चालन भएको मेलमिलाप सम्बन्धि आधारभुत तालिम कार्यक्रम आज सप्पन्न भएको छ।

हाम्रो समस्या हाम्रै समाधान -मेलमिलाप भन्ने मुल नाराका साथ आयोजित उक्त मेलमिलाप सम्बन्धी आधारभूत तालिम कार्यक्रम मार्फत ३० जना स्थानीय मेलमिलापकर्ता प्रशिक्षार्थी प्रशिक्षित भएका छ्न । साथै उक्त तालिम कार्यक्रमको प्रमुख प्रशिक्षकको रूपमा ममता देवी शर्मा उपाध्यया, प्रशिक्षक द्वय डा.राम बहादुर राउत र दिल कुमारी पुन रहनु भएको थियोे ।