मोदी १,२,३ वडामा जेष्ठ नागरिक परिचय-पत्र वितरण सम्पन्न

मोदी गाउँपालिका अन्तर्गत गाउँपालिका स्तरीय जेष्ठ नगरिक परिचय-पत्र वितरण कार्य २०७५ बैशाख ४ गतेबाट संचालन भएको छ । सो कार्यक्रम बमोजिम वडा नं. १ भुकताङ्लेमा २०७५ बैशाख ४ गते ६५ जना जेष्ठ नागरिकहरुलाई परिचय-पत्र दिने कार्य सम्पन्न भएको छ । मोदी २ देउपुरमा २०७५ बैशाख ६ गते १४५ त्यसै गरी वडा नं. ३ देउरालीमा १२८ र मोदि गाउँपालिका कार्यालयबाट १२ जना जेष्ठ नागरिक परिचय-पत्र वितरण गर्ने कार्य सम्पन्न भएको छ । मोदी ४ क्याङमा २०७५ बैशाख ११ गते जेष्ठ नागरिक बितरण गर्ने कार्यक्रम रहेको जानकारी गराउदछौ ।

प्रकार:

आर्थिक वर्ष: