मोदी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा पर्दछ । नेपाल सरकारको मितिः २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलका अन्तर्गत साविकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गा.वि.स.
आज मिति २०७७ चैत्र ३ गते मोदी गाउँपालिकाले आफ्नो चौथो स्थापना दिवस एक विशेष कार्यक्रमका बिच भव्यताका साथ मनाएको छ । प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभाका सम्माननिय सदस्य पदम गिरी ज्युको आतिथ्यता रहेको उक्त स्थापना दिवश समाहरोहमा विभिन्न विधा तथा क्षेत्रहरुमा उल्लेखनिय योगदान पुर्याउँदै आउनुभएका संघ संस्था, उत्कृस्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, उपभोक्ता समिति, जग्गा व्यवस्थापन समिति, होमस्टे, राष्ट्रिय स्तरका खेलाडि, उद्धमीहरुलाई पुरस्कार रकम र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो भने मोदी गाउँपालिका बाट सरुवा भइ जानुहुने कर्मचारीहरुलाई मायाँको चिनो समेत प्रदान गरिएको थियो ।
आज मिति २०७७/१२/१ गतेका दिन मोदी गाउँसभाले मोदी गाउँपालिकाको संस्था दर्ता ऐन,२०७७ पारित गरेको छ । त्यस्तै विनियोजन विधेयक संसोधन , केही योजना थप र संशोधन लगायत विभिन्न विषयमा महत्वपूर्ण निर्णय सहित आठौ गाउँसभा सम्पन्न भएको छ ।