आ.व २०७७/७८ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

आ.व २०७७/७८ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । भाद्र २ र ३ गते दुई दिन चलेको गोष्ठीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सम्पूर्ण शाखा/इकाइ प्रमुख र वडा सचिवको उपस्थितिमा सम्पन्न भएको छ। वडाका गतिविधि वडा सचिव तथा गापाका शाखाका गतिविधि, खर्च विवरण, खर्चको प्रभावकारीता , स्थानीय तहका अवसर चुनौति तथा आगामी दिनको कार्यदिशा समेतमा शाखा/इकाई प्रमुखहरूले प्रस्तुत गर्नुभएको थियो । २०७७/७८ मा भएगरेका सम्पुर्ण गतिविधिलाई विस्तृतमा अनिवार्य रूपमा पावरपोइन्ट मार्फत प्रस्तुत गरिएको छ । समिक्षामा समग्र शासन विकास र सेवाप्रवाहका विषयमा व्यापक छलफल भई कोरोना महामारीकै विच आव २०७७/७८ मा प्रभावकारी कार्यसम्पादन भएको र कार्यक्रम अत्यन्तै उपलब्धीमुलक भएको महशुश गाउँपालिकाले गरेको छ ।