घुरूङसेरा स्टील ट्रस्ट व्रिज तथा मोदी ३ देउराली र मोदी ४ क्याङ्ग जोड्ने टिमुरेघाट झोलुङ्गे पुलको उद्घाटन कार्यक्रम |

मोदी गाउँपालिकामा निर्मित २ झोलुंगे पुलको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उद्घाटन गरेका छन् । मोदी गाउँपालिकाको वडा न ३ देउरालीमा निर्माणसम्पन्न घुरूङसेरा स्टील ट्रस्ट व्रिज तथा मोदी ३ देउराली र मोदी ४ क्याङ्ग जोड्ने टिमुरेघाट झोलुङ्गे पुलको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले एकै दिन उद्घाटन गरेका हुन् ।मोदी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा तिमिल्सीनाले दुईवटा पुलको उद्घाटन गर्दै विकास निर्माणको गतिमा पर्वत जिल्लाले छलार्ङ मार्न लागेको बताए । उनले विकास आयोजनाहरुमा निरन्तर खबरदारी गर्न समेत स्थानीयबासीलाई अनुरोध गरे ।तिमिल्सीनाले अव पर्वत जिल्लामा खोलाहरुमा मात्र नभई खोल्साहरुमा समेत पुलहरु बन्ने क्रम शुरु भएको बताए । पर्वत जिल्लामा निर्माण भएका झोलुंगे पुलहरुले यात्रा निकै सहज बन्दै गइरहेको बताउँदै तिमिल्सीनाले स्थानीयबासीलाई दैनिकी चलाउन यस्ता पुलहरुले सहजता ल्याउने विश्वास ब्यक्त गरे ।मोदी ३ घुरुङसेरामा निर्मित स्टिल ट्रस पुलको कुल लागत २४ लाख २७ हजार २ सय ८१ रुपैंया छ । यसैगरी टिमेरघाट झोलगे पुल कुल ३३ लाख ९४ हजार ५ सय ४२ रुपैयाको लागतमा निर्माण भएको हो । उक्त पुलको कुल लम्बाई ६४ मिटर रहेको छ ।पुलको उद्घाटन कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले झोलुगे पुल माग भएका सवै ठाउँमा गाउँपालिकाले पुल बनाउने प्रतिबद्धता ब्यक्त गरे । पहाडी क्षेत्रमा बर्षायाममा कतिपय खोला र खोल्साहरुमा यात्रा असहज हुँदै आएको भन्दै स्थानीयबासीको माग बमोजीम पुल बनाउन गाउँपालिका तयार रहेको बताए ।गाउँपालिकाकी उपाध्यक्ष सेती महतले झोलुंगे पुलले दाउरा घाँस र मेलापात गर्न मात्र स्थानीयबासीलाई निकै सहज हुने विश्वास ब्यक्त गरिन् । उनले बर्षायाममा खोलाले बगाएर अकालमा कसैको पनि मृत्यु नहोस् भन्नेर नै सरकारले यस्ता पुलहरुको निर्माण गरीरहेको बताईन् ।कार्यक्रममा उपभोक्ता समितिका अध्यक्षहरुले पुल निर्माणको विषयमा प्रस्तुती राखेका थिए भने स्थानीयले झाकी सहित अतिथिहरुलाई स्वागत गरेका थिए ।उद्घाटन शत्र कार्यक्रमको सञ्चालन मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले गरेका थिए ।