नारी दिवसको अबसरमा निशुल्क स्वास्थ शिबिर

आज २०७९ साल फाल्गुण २४ गतेका दिन ११३ औँ अन्तर्राष्ट्रीय नारी दिवसको अवसरमा मोदी गाउँपालीकाद्वारा बिशेष रुपमा ३० बर्षदेखि ६० बर्षसम्मका आमा दिदिबहिनीहरू र स्त्री रोगसम्बन्धी समस्या भएका सबै महिलाहरुलाई लक्षित गरेर गाउँपालिका कार्यालय नजिकैको पशुपती आधारभूत विद्यालयमा स्त्री रोगहरुको परीक्षण तथा उपचार सम्बन्धी शिविर, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखराका स्त्रीरोग विशेषज्ञ सहितको टोलीबाट स्वास्थ्य परीक्षण तथा उपचार सम्पन्न।

कुल परिक्षण गराएका महिलाहरुको संख्या : ३१३

VIA पोजेटिभ भै Pap Smear जांचको लागि सिफारिस संख्या: ७ जना (VIA परिक्षण: क्यान्सरको प्ररम्भिक परिक्षण)

स्तन क्यान्सरको संकास्पद केस : १ जना

पाठेघर खस्ने समस्या भै रिंग पेसरी राखेको संख्या : ६ जना

चौथो अवस्थाको पाठेघर खस्ने समस्या भई अपरेशनको लागि सिफारिस गरेको केस : २ जना

शिवीरमा पत्ता लागेका महिलाका प्रमुख स्वास्थ्य समस्या हरु:

1. PID (प्रजनन अंगको संक्रमण भै ढाड, कम्मर दुख्ने समस्या हुने)

2. PV Discharge (गन्हाउने पानि बग्ने समस्या)

3. Cervicitis (पाठेघरको मुख सुन्निने)

4. Dysmenorrhea (महिनावारीमा दुखाइ हुने)

5. Irregular Menstruation (अनियमित महिनावारी),

6. Heavy Menstrual Bleeding (महिनावारीको समयमा अत्याधिक रक्तशराब हुने),

7. Lower Abdominal Pain (तल्लो पेट दुख्ने),

8. UTI (मुत्रनलिको संक्रमण)

 

 

+41

See insights and ads

Boost a post

All reactions:

77You and 76 others