पाँचौ स्थापना दिवस सम्पन |

मोदी गाउँपालिकाले आफ्नो पाँचौ स्थापना दिवश एक विशेष कार्यक्रमका बीच मनाएको छ । स्थापना दिवश समारोहमा जनप्रतिनिधिबाट ५ वर्षे कार्यकालको अनुभव आदनप्रदान गर्दै स्थापना दिवस मनाएको हो । पालिकाले आव २०७७/७८ मा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, विद्यार्थी, उद्धमी तथा कृषकहरुलाई नगद पुरस्कार र सम्मान पत्र सहित सम्मान समेत गरेको छ ।

स्थापना दिवसको अवसरमय गाउँपालिका अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष सेती महत, गाउँपालिकाका प्रवक्ता विमल लामिछाने, वडाहरु बसन्त गुरुङ, विकास तिमिल्सीना, दलबहादुर मल्ल, कार्यपालिका सदस्य लक्ष्मी विक, लगाएतका वडाअध्यक्षहरुले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एमालेका तेजबहादुर क्षेत्री, नेपाली कांग्रेसका निर्देश लामिछाने, माओवादी केन्द्रका कृष्ण क्षेत्री लगाएतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले गाउँपालिकाले सम्पादन गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । गाउँपालिकाले स्थापना दिवसको अवसरमा गाउँपालिकाका कर्मचारीहरु कार्यालय सहयोगी हरिमाया, क्याङ स्वास्थ्य चौकी इन्चार्ज अजित विक, वडा न ६ का सचिव लेखनाथ रेग्मी लगाएत सम्मान तथा पुरस्कार प्रदान गरेको छ । यसैगरी उत्कृष्ट शिक्षकको रुपमा बालज्योति प्रावि मोदी ५ का विष्णुकुमारी सुवेदी, विश्वशान्ती प्रावि मोदी ५ का कोकिलराज पौडेल, भुक मावि मोदी १ का विकास गुरुङलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।कार्यक्रममा उत्कृष्ट विद्यालय व्यवस्थापन समितिको रुपमा श्री तुलोदय मावि मोदी ६ र उत्कृष्ट उपभोक्ता समिति लाङ्दी पदमार्ग उपभोक्ता समिति मोदी ३ लाई सम्मान गरेको छ । गाउँपालिकाले उत्कृष्ट कृषकको रुपमा सुरज कृषि तथा पशु फर्मका गिता सार्की मोदी ६ र उत्कृष्ट उद्यमी तर्फ पातिचौर ढाका समूहकी जुनु पुन मोदी २ लाई सम्मान प्रदान गरेको छ । गाउँपालिकाले उक्त अवसरमय बक्तृत्वकला प्रतियोगीतामा विजयीहरुलाई समेत पुरस्कार प्रदान गरेको थियो ।