समाचार
मेलमिलाप सम्बन्धी आधारभूत तालिम द्वारा मेलमिलापकर्ता तयार गर्दै मोदी गाउँपालिका
मोदी गाउँपालिकामा प्राप्त हुने उजुरीहरुलाई मेलमिलापको माध्यामद्वारा समस्या समाधान गर्ने उदेश्यका लागि २०७५ मंसिर २१ देखि २८ गते सम्म संचालन हुने मेलमिलाप समबन्धी तालिमको शुभारम्भ मोदी गाउँपालिका कार्यालय पातिचौर सम्पन भयो । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने प्रमुख अतिथि जिल्ला समबन्य समिति पर्वतका प्रमुख मनोहर बि. पौडेल र अतिथिमा उप-प्रमुख यम कुमारी राना रहनु भएको थियो । कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले गर्नु भएको थियो । आठ दिन सम्म संचालन हुने उक्त तालिमको प्रमुख प्रशिक्षकमा जी.स.स प्रमुख र सामिजिक अभियन्ता गोबिन्द पहाडी रहनु भएको थियो । मेलमिलाप सम्बन्धी तालिममा मोदी गाउँपालिका भित्रका आठ ओटै वडाहरुका २४ जना मेलमिलापकर्ता को उपस्थिति रहेको उक्त कार्यक्रम मा मोदी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिक संयोजक सेती महत र न्यायिक समिति सदस्य दल बहादुर मल्ल , लक्ष्य बहादुर के.सी र न्यायिक समितिको सचिवालयका सदस्य सचिव ना.सु भिम प्रसाद आर्यलको सहभागिता रहेको थियो । मोदी गाउँपालिकाले पर्वतमा नै पहिलाे पटक मेलमिलाप पद्धति अवलम्वन गर्दैछ र मेलमिलाप पद्धति विवाद समाधानका लागि उत्तम उपाय हुनसक्छ ।

