FAQs Complain Problems

समाचार

मोदी गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न

मोदी गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम, आर्थिक ऐन,२०७८, विनियोजन ऐन, २०७८ बार्षिक बजेट तथा योजना पारित गरेको छ । गाउँ सभामा कुल रू ७२ करोड १८ लाख ६४ हजारको बजेट पारित गरेको छ । जसमा ससर्त र सामाजिक सुरक्षासहित ४४ करोड ९३ लाख ६४ हजार चालू तर्फ र २७ करोड २५ लाख पूँजीगत तर्फ विनियोजन पारित गरिएको छ । नीति तथा कार्यक्रम र बजेटमा समावेश मुख्य बुँदाहरू निम्न छन ।

१. मोदी गाउँपालिकामा हाइड्रोको हव भएको र विद्युत रोयल्टी समेत प्राप्त हुने कुरा मध्यनजर गर्दै मोदी गाउँपालिकामा २० यूनिट सम्म मात्र खपत गर्ने सबै घर परिवारको २० युनिट सम्मको न्यूनतम शुल्क अनुदान स्वरूप तिर्ने

२. ज्याला मजदुरी गर्ने श्रमिकको योगदानमा आधारित श्रमिक कल्याणकारी कोष सञ्चालन गर्ने ।

३.दलित र बालबालिका लक्षित सशक्तिकरणको कार्यक्रममा 42 लाख विनियोजन

४.सबै बालकक्षा सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउन १ करोड २५ लाख विनियोजन

५.गापा भवन निर्माण ९० लाख

६.चित्रेमा सोप्रे खानीपानी सञ्चालन ८३ लाख

७ मशिमावि समपुरकमा १ करोड २० लाख

८ वडा कार्यालय भवन निर्माण सम्पन्न गर्न बजेट विनियोजन

९.करार कर्मचारी कल्याणकोष सञ्चालन गर्ने

//