मोदी गाउँपालिकाको स‌ंक्षिप्त परिचय

मोदी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा पर्दछ । नेपाल सरकारको मितिः २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलका अन्तर्गत साविकका भुकताङ्ले,  देउपुर, देउराली,  क्याङ, बाजुङ, तिलाहार,  राम्जादेउराली  र चित्रे गा.वि.स. का  पर्दछन् । यो गाउँपालिकामा जम्मा ८ वडा वडाहरू रहेका छन् । यसको कूल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनणना २०६८ अनुसार कूल जनसंख्या २१२८४ रहेको छ । जसमा पुरुष ९२८२ र महिला १२००२ रहेको छ । यस गाउँपालिकाको पूर्वमा  कास्की जिल्ला , पश्चिममा कुश्मा नगरपालिका र जलजला गाउँपालिका , उत्तरमा म्याग्दी र कास्की जिल्ला र दक्षिणमा कुश्मा नगरपालिका अवस्थित छ । यस गाउँपालिकाको केन्द्र पातिचौर वजारमा अवस्थित छ । 

 परिचय:

संघिय नेपालको गण्डकी प्रदेश अन्र्तगतको धवलागिरी अंचलको प्रवेशद्वारको रुपमा रहेको पर्वत जिल्लाको मुख्य (गौडो) प्रादेशिक राजधानी पोखरा कास्की संग जोडीएको मोदी गाउँपालिका पर्वतकै सम्पन्न गाउँपालिकाको रुपमा स्थापित छ । पूर्वमा पञ्चकोशी ताल पौराणिकालमा ऋषिहरुको तपोभुमी रहेको, धार्मिक ऐतिहासिक, महत्व बोकेको पञ्चासे लेक, पश्चिमोत्तर विविधतायुक्त प्राकृतिक पर्यटकिय सौन्दर्ययुक्त कालन्जर भनिने हम्पाल पर्वत क्षेत्र र धवलागिरी, निलगिरी र अन्नपूर्ण हिमालले वेष्टित यो गाउँपालिकाको हिमाली भुभागमा पौराणिक कालमा विभिन्न ऋषि महर्षिहरुले तपस्या गरेको कुराहरु पौराणिक धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ (कृष्णकृपा श्रीमुर्ति २०१५ः७४)
    यसैगरी मृगको रुपमा दृष्टीगोचर हुने कालवन्जर पर्वतबाट उत्पति भै मोदी गाउँपालिकालाई सिन्चित गर्दै वगिरहेकी पार्वतीखोला (हाल अपभ्रंशभै पातिखोला भनिने) खोलालाई सत्ययूगमा पार्वति गंगा भनिने गरेको र माता पार्वतीले यसै गंगामा स्नान गरी कुशुमपुर हालको कुश्मा बजार क्षेत्रमा पुगेर फलफुल, कुश टिपेर गुप्तेश्वर गुफामा गई पुजा गर्नुहुन्थ्यो भन्ने किम्बदन्ती सुन्न पाईन्छ । साच्चैनै माता पार्वती र हिन्दुहरुको आराध्यदेव भगवान शिवको क्रिडास्थलको रुपमा रहेको मोदी गाउँपालिका भित्र पर्ने मोदी गाउँपालिकाको प्रमुख बाणिज्य एंव प्रशासनिक केन्द्र रहेको पार्वतीचोक पछि नजवोलीमा अपभ्रंश भै पातिचौर भनिने स्थान जहाँ हामी बजार र प्रशासनिक सेवा केन्द्रका् व्यवस्थापन गरिरहेकाछौं । यसले पनि मोदी गाउँ पालिकालाई विशिष्ट स्थानमा राखेको छ । 
    पर्वतको पाङ्ग क्षेत्रलाई माता पार्वती जन्म स्थान रहेको र पार्वतीले कालवन्जर र पर्वतबाट बहने यस पार्वती गंगामा स्नान गर्ने सखिहरुसंग क्रिडा गर्दै कुशुमपुर, कुश्मा बजार पुगेर कुश, फलफुले पुजा आराधना गर्ने गरेको र पार्वती चोक, कुमारी माछापुच्छ्रेको हिमश्रृङखलाबाट बहने पवित्र मोदी गंगा र पार्वती गंगाको संगम स्थलमा क्रिडा गर्ने गरेको प्रमाणहरु धार्मिक पौराणिक ग्रन्थहरुमा उल्लेख भएकोले यस गाउँपालिका क्षेत्रले ऐतिहासिक, धार्मिक, पौराणिक एंव विशिष्ठ पर्यटकीय महत्व बोकेको स्पष्ट हुन्छ (अर्को तर्फ यस गाउँपालिका भएर बहने रतिखोला, जहरे खोला, भुरुङ खोला, पराल खोला, आदीले गाउँपालिकाको जमीनलाई सिंचित गरेका छन् भने प्राकृतिक पैदावार निर्माण सामाग्रीहरु उपलब्धता बढाएर आर्थिक सम्बृद्धी सहज बनाएका छन । मोदीखोला नेपालमै उल्लेख्य उर्जा नदीको रुपमा परिचित छ । मोदी गाउँपालिकाको झण्डै ७० प्रतिशत जमीन वनले ढाकेबाट पनि बहुमुल्य जडीबुटी, काठपात, दाउरा, घाँस आदी वनजन्य श्रोतहरु समेत गर्दा मोदी गाउँपालिका यहाका बासिन्दाको जीवन स्तर उकास्त र विकास निर्माणका कार्यमा अन्य गाउँपालिका नगरपालिका भन्दा छुट्टै विशिष्ठता एंव पहिचान दिन सकिने पश्चिमाञ्चल र नेपालकै उत्कृष्ट गाउँपालिका वन्न सक्ने संभावना प्रचुर रहेको छ । यहाको वनजन्य, उत्पादन, जलश्रोत, पर्यटन आदी विकासको कोशे ढुंङ्गा सावित हुन सक्दछ । गाउँपालिका भित्रका सबै वडाहरुमा यातायात सडक संजाल पुगिसकेको अवस्था जनताको आधारभूत आवश्यकताका सेवा एंव बस्तुहरु जनताको घरदैलोमानै सहज उपलब्ध हुने वातावरणको सृजना गर्न गाउँपालिका प्रतिवद्ध रहेको यो समयमा यही गाउँपालिकाको आगन भएर राष्ट्रिय सडक भूपीशेरचन राजमार्ग हुँदै पवित्र तिर्थ स्थल मुक्तिनाथ मुस्ताङ्ग सम्म विभिन्न देश विदेशका धार्मिक पर्यटकहरु पोखरा हुँदै आउने जाने र पश्चिम क्षेत्रलाई संघिय राजधानी संग जोडने सहज किफायती राजमार्ग यही बन्न सक्ने संभावना भएबाट पनि यस गाउँपालिकाको महत्व अझै बढेको छ । मुक्तिनाथबाट फर्किने तिर्थयात्री धार्मीक पर्यटकहरुलाई माता पार्वतीको क्रिडास्थल पातिचौरमा केही समय अर्थात एकरात सम्म राख्न सक्ने गरी पार्वती मन्दिरको व्यवस्थापन गरी धार्मिक पर्यटन विकास गरी यस गाउँपालिकालाई अझै समृद्ध बनाउन र देश विदेशमा चिनाउन सकिने सम्भावना पनि रहेको छ । १४३.५९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस सानो गाउँपालिकाको विशाल पहिचान बनाउन र नेपाल राज्यमै छुट्टै विशिष्ट पहिचान दिन सकिने कुरालाई नकार्न सकिदैन । 
भौगोलिक, भौतिक स्थिति÷अवस्था 
समुन्द्र सतहबाट ७०० मिटर उचाइको मोदी वेसिन देखी ३३०९ मिटर हम्पाल क्षेत्र र सोही अनुपातमा रहेको पञ्चासे लेक क्षेत्र २५१७ मीटर सम्म उचाई रहेको छ । पूर्व उत्तरमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका दक्षिणमा कुश्मा नगरपालिका, पश्चिममा जलजला गाउँपालिकाको बिचमा रहेको यस गाउँपालिकाको जम्मा क्षेत्रफल १४३.५९  वर्ग किलोमिटरमा फैलिएको छ । यस भित्र सविक ८ वटा गाउँ विकास समितिहरु समेटिएका छन जस मध्य भुकताङ्ले – वडा नं. १, देउपुर – वडा नं. २, देउराली– वडा नं. ३, क्याङ – वडा नं. ४, बाजुङ– वडा नं. ५, तिलाहार– वडा नं. ६, राम्जादेउराली– वडा नं. ७ र चित्रे – वडा नं. ८ हुन । 
यस गाउँपालिकाको स्थानिय पहिचान स्थानिय गितको लयमा प्रशंशा गरिएको जस्तै देउपुर जस्तो खोती र पाती बाजुङको जस्तो  गाउँ, उराठै लाग्ने दुर्लुङ डाँडा मोहनी लाग्ने पाङ्ग यस क्षेत्र (मोदी गाउँपालिका) विविधि प्राकृतिक भौगोलिक विषमता भीत्र पनि आफ्नै छुट्टै सौन्दर्य युक्त पहाडी श्रृङखलाले मनोमोहक छ ।