मोदी गाउँपालिका आफ्नो मोबाइल एप्लिकेसन (Mobile Application) सार्बजनिक गरेको छ ।

मोदी गाउँपालिका आफ्नो मोबाइल एप्लिकेसन (Mobile Application) सार्बजनिक गरेको छ । गाउँपालिकाका सम्पूर्ण गतिबिधि एवम जानकारी सहजै प्राप्त गर्न सकिने र मोबाइल एप्सको माध्यम बाट अब जनतालाई घरमै बसेर गाउँपालिकाका  गतिबिधिबारे जानकारी लिन सहज हुने छ। गाउँपालिकाका  सुचना, गाउँपालिकाले  प्रदान गर्ने सेवा सुबिधा, बार्षिक बजेट , नीति तथा कार्यक्रम, योजना/परियोजना, वडागत सम्पूर्ण  विवरण, गाउँपालिका भित्रका महत्वपूर्ण स्थानहरु तथा आपतकालीन फोन नम्बरहरु समाबेश गरिएको एप्सले जनतालाई गाउँपालिका  को एकमुस्ट जानकारी 'एक क्लिक' प्राप्त हुने छ ।  एप्स मार्फत जनताले सिधै सुझाव एव गुनासो राख्न पाउने छन् भने, बिभिन्न समस्या हरु दर्ता गर्न सक्ने छन्  । साथै गाउँपालिका 'जनमत' पनि समावेश गरि उनीहरुको प्रत्यक्ष अभिमत समावेश गरिएको छ । 

एन्ड्रोइड मोबाइल (Android Version) मा प्ले (Play Store) मा गइ 'Modi Rural Municipality " टाइप गरेर गाउँपालिकाको  एप्स आफ्नो मोबाइल मा डाउनलोड गर्न सकिन्छ ।मोदी गाउँपालिकाको  मोबाइल एप्लिकेसन यहाँ क्लिक गरेर प्राप्त गर्न सकिनेछ

https://play.google.com/store/apps/details?id=infodev.doit_modi

आर्थिक वर्ष: