मोदी गाउँपालिका चौथो स्थापना दिवस समारोह २०७७ सम्पन्न

आज मिति २०७७ चैत्र ३ गते मोदी गाउँपालिकाले आफ्नो चौथो स्थापना दिवस  एक विशेष कार्यक्रमका बिच भव्यताका साथ मनाएको छ । प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभाका सम्माननिय सदस्य पदम गिरी ज्युको आतिथ्यता रहेको उक्त स्थापना दिवश समाहरोहमा विभिन्न विधा तथा क्षेत्रहरुमा उल्लेखनिय योगदान पुर्याउँदै आउनुभएका संघ संस्था, उत्कृस्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, उपभोक्ता समिति, जग्गा व्यवस्थापन समिति, होमस्टे, राष्ट्रिय स्तरका खेलाडि, उद्धमीहरुलाई पुरस्कार रकम र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो भने मोदी गाउँपालिका बाट सरुवा भइ जानुहुने कर्मचारीहरुलाई मायाँको चिनो समेत प्रदान गरिएको थियो ।

पुरस्कृत हुनुहुनेको नामावली :-

‍* उत्कृष्ट कार्यसम्पादन गर्ने राष्ट्रसेवक कर्मचारी तर्फ :- भास्कर रेग्मी(कम्प्युटर अपरेटर), प्रकाश चन्द्र सुवेदी(कविराज), गायत्री चपाइ(वडा सचिव वडा नं. २) ।

* शिक्षक तर्फ :-भुमिराज शर्मा (जननेत्र मा वि), मोति थापा (डिमुवा प्रा वि) ।

* उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति तर्फ :- हलहले उद्धम भवन निर्माण उपभोक्ता समिति ।

* खेलाडि तर्फ :- हिरा के सी मोदी २

* उद्धमी तर्फ :- प्रेम बहादुर पुन (लेस्पार पाउरोटी उद्धोग मोदी ४) ।

* कृषि फर्म :- ग्रिन भिलेज कृषि फर्म मोदी ७ ।

* पशु फर्म :- विशाल पशुफर्म मोदी ६ ।

* होमस्टे तर्फ :- सामुदायिक होमस्टे मोदी ८ चित्रे ।

सामाजिक सेवा तर्फ:

* मिलन फाउण्डेशन नेपाल (दुर्गा गुरूङ मिलन)

* हिमाली बाल कल्याण सँरछ्यण(लक्ष्मी गुरूङ)

* गुड नेबर्स नेपाल

* मोदी गाउँपालिकाको जग्गा व्यवस्थापन समिति

* पर्बत भमरकोट घोरेपानी पर्यटन क्षेत्र बिकास समिति