मोदी गाउँपालिका स्थित क्रियाशील सहकारीहरुको लागी COPOMIS तालिम सम्पन |

मोदी गाउँपालिकामा कृयाशिल सहकारीहरुको लागि Cooperative and Poverty related Management Information System (COPOMIS) सम्बन्धी २ दुई दिने प्रशिक्षण कार्यक्रम समापन भएको छ । सहकारी संस्थाका व्यवस्थापक र प्रबन्धकका लागि कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्षले गर्नुभएको थियो । सहकारी मार्फत साना-साना पूंजीको परिचालन गर्दै उद्धमशीलता प्रबर्द्धन गर्दै सह लगानीमा कृषि पशु क्षेत्रमा समग्र बिकास निर्माण गर्ने प्रक्रियामा सहकारीहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै मोदी गाउँ पालिकामा संचालित सहकारीहरुमा COPOMIS सहकारी सुशासन कायम गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रशिक्षकहरु सहकारी बिभागका Computer Engineer आमोद पुडासैनी,सन्दिप पौडेल र गाउँपालिका सुचना प्रबिधी अधिकृत दिपक शर्मा ले गर्नु भएको थियो। स्वागत मन्तब्य निवर्तमान उपाध्यक्ष सेती महतले गर्नु भएको थियो, विभिन्न सहकारीमा आबद्ध करिव ५० भन्दा बढी ब्यवस्थापक र प्रबन्धकहरुको उपस्थिति रहेको थियो । उक्त २ दिने तालिम कार्यक्रमको संचालन सहकारी इकाई प्रमुख शोभा देबी शर्माले गर्नुभएको थियो