विपद जोखिम व्यवस्थापन स्थानीयकरण कार्यशाला सम्पन्न

मिति २०७९ भाद्र २१ देखि २२ सम्म दुई दिवसीय "विपद जोखिम व्यवस्थापन स्थानीयकरण" कार्यशाला सम्पन्न भएको छ । विपद जोखिम न्युनिकरण व्यवस्थापन, प्रतिकार्य, पुनर्लाभ, पुनः निर्माण, पुन:स्थापना लगायत जोखिमको व्यवस्थापनका सम्पुर्ण चरणमा स्थानीय तहको भुमिकाका बिषयमा दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा देबी शर्मा,उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतम, सम्पुर्ण वडा अध्यक्षहरु,कार्यपालिका सदस्य र विभिन्न शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

USAID/BHA/International Organization of Migration (UN-Migration) को सहयोगमा NSET/PAC/LWF को सहजीकरणमा २ दिने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयक तालिम

कार्यक्रमको सहजीकरण धुर्व राज पौडेल र ई. प्रवेश हड्खले ले गर्नुभएको थियो ।