समाचार
सहकारी व्यबस्थापन तालिम
रास्ट्रिय सहकारी संघ बचत तथा ऋण जिल्ला सहकारी संघ लिमिटेड कुश्मा पर्बत र मोदी गाउँपालिकाको संयुक्त आयोजनामा मिति २०७५-0८-१२ देखि १६ सम्म मोदी गाउँपालिका भित्र संचालनमा रहेका सहकारी संस्थाहरुको ब्यबस्थापन तालिम कार्यक्रम सम्पन भयो | उक्त कार्यक्रम मोदी गाउँपालिकाका कार्यवाहक अधय्क्ष श्री बिमल लामिछानेको अधयक्षतामा २०८७-०८-१२ गते तालिमको उद्घाटन र रास्ट्रिय सहकारी संघका बरिष्ठ प्रवन्धक श्री गोपी कृष्ण भण्डारी ज्यु कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा रहनु भएको कार्यक्रममा मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कुमान सिंह गुरुङ, जिल्ला सहकारी संघ कुश्मा पर्बतका अधय्क्ष शेषराज रेग्मी र मोदी गा.पा सहकारी शाखा हेर्ने ना.सु भिम प्रसाद आर्याल सहभागिता रहेको साथै उक्त सहकारी ब्यबस्थापन कार्यक्रममा मोदी गाउँपालिका भित्र रहेका २४ वटा बिभिन्न सहकारी संस्थाका अधय्क्ष तथा प्रतिनिधिहरुले भाग लिनु भएको थियो |
