आ.व २०७७/७८ को प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न |

 मोदी गाउँपालिकामा चौमासिक प्रगति समिक्षा सम्पन्न भएको छ । मोदी गाउँपालिकाको सभा हलमा गाउँपालिकाले आर्थिक बर्षको पहिलो चौमासिकमा सम्पन्न गरेका कार्य प्रगतिको समिक्षा कार्य सम्पन्न भएको गाउँपालिकाका  छ,प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीका अनुसार गाउँपालिकाले चालु आर्थिक बर्षमा विनियोजन गरेका तथा संघ र प्रदेशबाट प्राप्त विषयगत क्षेत्रको कार्य प्रगतिको समिक्षा गरिएको हो ।

गाउँपालिकाले चालु आर्थिक बर्षका लागि गाउँ सभाबाट विनियोजन गरेका कार्यक्रमहरुको कार्यान्वयन तथा प्रभावकारीताका विषयमा गाउँपालिकाले कर्मचारी स्तरीय समिक्षा सम्पन्न गरेको छ । गाउँपालिकाका विषयगत शाखाहरु कृषि शाखा, पशु शाखा, पूर्वाधार तथा सामाजिक विकास शाखा, आर्थिक विकास शाखा, स्वरोजगार शाखा लगाएतका शाखा कार्यालयहरु मार्फत सम्पन्न भएका गतिविधिहरु आइपरेका समस्या र चुनौतिका विषयमा विषयगत क्षेत्रका प्रमुखहरुले प्रस्तुती राखेका थिए ।

चालु बर्षमा विनियोजीत बजेट तथा कार्यक्रमहरु समयमा सक्ने गरी विशेष कार्य योजना बनाई कार्यक्रमहरु अगाडि बढाउने गरी समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम पौडेलले निर्देशन दिनभयो |