समाचार
गाउँपालिकाको बिशेष गाउँ सभा चित्रेमा
गाउँपालिकाको बिशेष गाउँ सभा मोदि गाउँपालिकाको पर्यटकीय गाउँ चित्रेमा सम्पन भएको छ । उक्त सभाले कृषि ब्यवसाय प्रबद्धन,, प्रशासकीय कार्यिबधी,सहकारी संचालन,न्यायिक समितिको उजुरी कारबाही किनारा र गाउँपालिकाको शिक्षा सम्बन्धी ब्यबस्था गर्न बनेको विधेयकहरुको सम्बन्धमा महत्त्वपूर्ण छलफल गर्दै उक्त विधेयकहरु पारित भएका छन् |
साथै सभाले जलवायु परिबर्तन र आवधिक योजना निर्माण सम्बन्धी सम्पुर्ण गाउँसभाका सदस्यहरुलाइ प्रशिक्षित गराइएको छ ।शनिबार,आईतबार र सोमबार गरि तीनदिन सम्म सभा सञ्चालन रहेको र उक्त, बिशेष गाउँ सभाको उद्धघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि पौडेलले गाउँको बिकास गर्न सभाले महोत्वभुमिका खेल्ने बताए । उनले जिल्लाका बाँकी दुई नगरपालिका र ४ गाउँपालिकाले बिशेष सभा आयोजना गरि आव्श्यक नियम,कानुन बनाउन आग्रह गर्दै मोदीका आठै वडाका वडाध्यक्ष र सदस्यहरुको थप आवश्यक छलफल गरि पारित गर्नुपर्ने धारण राखे । बिशषे भेलाको प्रकाश मोदी गाउँपालिकाका प्रवक्ता एवंम मोदी वडा नम्बर ६ का वडाध्यक्ष विमल लामिछानेले पारेका थिए ।भेलामा मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत,चित्रे ग्रामीण होम स्सटकी अध्यक्ष सुशिलादेवी गुरुङ लगायतले बोलेका थिए ।
गाउँ सभामा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलको अध्यक्षता रहेको थियो । भेलाको उद्धघाटन सत्रमा स्वागत मोदि गाउँपालिका ८ का वडाध्यक्ष सुक बहादुर गुरुङले गरेका थिए भने सञ्चालन मोदि गाउँपालिकाका प्रसाशकिय अधिकृत कुमानसिहं गुरुङले गरेका थिए ।