FAQs Complain Problems

समाचार

Pages

मोदी गाउँपालिका द्वारा आयोजित गैरकाष्ठ बन पैदावार को सुची तथा दिगो संकलन योजना कार्यक्रम

मोदी गाउँपालिका कार्यालय पातिचौर पर्वत बाट गत आ .वा मा आयुर्वेद तर्फ विनियोजित बजेट रकम मार्फत यस गाउँपालिका भित्रका ८ वटा वडा हरुमा जडिबुटी तथा गैर कास्ठा बन पैदावार हरुको CODE fund काठमाण्डौ को बिग टोलि ,गा.पा बाट कविराज ,बन रक्षक टोलि सहित स्थानीय जानकार बैध हरु संग सम्पूर्ण वडाको बन हरुमा २०७५ जेठ तथा असार महिनामा करिब १ महिना लगाएर जडिबुटी,गैर काष्ठ बन पैदावार हरुको पहिचान तथा लागत संकलन कार्य गरेको थियो l 
उक्त कार्य पस्चात मोदी गाउँपालिका ले मिति २०७५ भाद्र ४ गतेका दिन CODE fund काठमाण्डौ का आध्यक्ष जुद्ध गुरुङ बरिष्ठ बिज्ञ भुवन केशर भट्ट तथा रबिन्द्र भट्टराइ ,सतिस पौडेलको बिशेष उपस्थिति र गाउँ पालिका कार्यपालिका सदस्य, आयुर्वेद स्वास्थ्य शाखा र अन्य कर्मचारी सहित सम्पूर्ण वडा सदस्य तथा प्रत्यक वडा बाट स्थानीय जानकार सहित को सहभागितामा यस गाउँ पालिका को आयुर्वेद जडिबुटी ,गैर काष्ठ बन पैदावार को सुची तथा दिगो संकलन योजना कार्यक्रम सम्पन्न भएको छ l

//