आ.व २०७९/८० को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न |

आ.व २०७९/८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । आज २०८० कार्तिक २० गते सम्पन्न उक्त गोष्ठीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सम्पूर्ण शाखा/इकाइ प्रमुख, वडा सचिव एवं विभिन्न गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ। २०७९/८० मा भए गरेका सम्पुर्ण गतिविधिलाई विस्तृतमा रूपमा पावरपोइन्ट मार्फत प्रस्तुत गरिएको थियो । समिक्षामा समग्र विकास निर्माण र सेवाप्रवाहका विषयमा व्यापक छलफल भएको थियो ।