प्रकाशन

मोदी १,२,३ वडामा जेष्ठ नागरिक परिचय-पत्र वितरण सम्पन्न

मोदी गाउँपालिका अन्तर्गत गाउँपालिका स्तरीय जेष्ठ नगरिक परिचय-पत्र वितरण कार्य २०७५ बैशाख ४ गतेबाट संचालन भएको छ । सो कार्यक्रम बमोजिम वडा नं. १ भुकताङ्लेमा २०७५ बैशाख ४ गते ६५ जना जेष्ठ नागरिकहरुलाई परिचय-पत्र दिने कार्य सम्पन्न भएको छ । मोदी २ देउपुरमा २०७५ बैशाख ६ गते १४५ त्यसै गरी वडा नं. ३ देउरालीमा १२८ र मोदि गाउँपालिका कार्यालयबाट १२ जना जेष्ठ नागरिक परिचय-पत्र वितरण गर्ने कार्य सम्पन्न भएको छ । मोदी ४ क्याङमा २०७५ बैशाख ११ गते जेष्ठ नागरिक बितरण गर्ने कार्यक्रम रहेको जानकारी गराउदछौ ।

कम्प्यूटर हस्तान्तर कार्यक्रम

मोदी गाउँपालिका,  गाउँ कार्यपालिकाको कार्यालय देउपुरको लघु उद्यम विकास शाखालाई १ सेट कम्प्यूटर, प्रिन्टर र यु.पि.यस. लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय सहयोग कार्यक्रम पोखराले उपलब्ध गराएको थियो । सो सामान लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय सहयोग कार्यक्रमका बजार तथा सरकार सहयोग विषेशज्ञ करुणा पुलामी मगरले हस्तान्त्रण गरेका थिए भने मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले बुझेका थिए । लघु उद्यमको लागि मोदी गाउँपालिका नमूना गाउँपालिकाको रुपमा छनौट भएको छ । साथै लघु उद्यम विकास कार्यक्रमले यस गाउँपालिकाको लघु उद्यम रणनीति बनाउन पनि सहयोग गरेका थिए ।

Pages