आ.व २०७९/८० को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न |

आ.व २०७९/८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । आज २०८० कार्तिक २० गते सम्पन्न उक्त गोष्ठीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सम्पूर्ण शाखा/इकाइ प्रमुख, वडा सचिव एवं विभिन्न गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ। २०७९/८० मा भए गरेका सम्पुर्ण गतिविधिलाई विस्तृतमा रूपमा पावरपोइन्ट मार्फत प्रस्तुत गरिएको थियो । समिक्षामा समग्र विकास निर्माण र सेवाप्रवाहका विषयमा व्यापक छलफल भएको थियो ।

मोदी ३ देउराली बाल मैत्री वडा घोषणा कार्यक्रम l

 मोदी गाउँपालिका वडा नं. ३ देउराली जिल्लाकै तेश्रो बालमैत्री वडा घोषणा भएको छ । गाउँपालिकाले विभिन्न बालमैत्री वडा घोषणाका लागि पुरा गर्नुपर्ने सुचकहरु पुरा भएको भन्दै जिल्ला स्तरीय अनुगमन पश्चात् अनुगमन समितिको सिफारिसका आधारमा देउराली जिल्लाको तेश्रो बाल मैत्री वडा घोषणा भएको हो । राष्ट्रिय बालदिवसका अवसरमा वडालाई बालमैत्री वडा घोषणा गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले घोषणालाई कार्यक्रममा मात्रै सिमित नराखि देशकै नमुना वडाका रुपमा अघि बढाउन सुझाव दिनुभएको थियो । कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले पर्वतमा मोदी गाउँपालिकाले यस अघि पहिलो वडाका रुपमा वडा नं.

मेलमिलाप सम्बन्धी आधारभूत तालिम कार्यकम सम्पन l

मोदी गाउँपालिकाको आयोजना तथा जन अधिकार संरक्षण मन्च पिपिआर नेपालको संयोजनमा मोदी गाउँपालिका मोदी ८ चित्रेमा मिति २०८० भाद्र २१ देखि २८ सम्म सन्चालन भएको मेलमिलाप सम्बन्धि आधारभुत तालिम कार्यक्रम आज सप्पन्न भएको छ।

हाम्रो समस्या हाम्रै समाधान -मेलमिलाप भन्ने मुल नाराका साथ आयोजित उक्त मेलमिलाप सम्बन्धी आधारभूत तालिम कार्यक्रम मार्फत ३० जना स्थानीय मेलमिलापकर्ता प्रशिक्षार्थी प्रशिक्षित भएका छ्न । साथै उक्त तालिम कार्यक्रमको प्रमुख प्रशिक्षकको रूपमा ममता देवी शर्मा उपाध्यया, प्रशिक्षक द्वय डा.राम बहादुर राउत र दिल कुमारी पुन रहनु भएको थियोे ।

Pages