आज मिति २०७७ चैत्र ३ गते मोदी गाउँपालिकाले आफ्नो चौथो स्थापना दिवस एक विशेष कार्यक्रमका बिच भव्यताका साथ मनाएको छ । प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभाका सम्माननिय सदस्य पदम गिरी ज्युको आतिथ्यता रहेको उक्त स्थापना दिवश समाहरोहमा विभिन्न विधा तथा क्षेत्रहरुमा उल्लेखनिय योगदान पुर्याउँदै आउनुभएका संघ संस्था, उत्कृस्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, उपभोक्ता समिति, जग्गा व्यवस्थापन समिति, होमस्टे, राष्ट्रिय स्तरका खेलाडि, उद्धमीहरुलाई पुरस्कार रकम र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो भने मोदी गाउँपालिका बाट सरुवा भइ जानुहुने कर्मचारीहरुलाई मायाँको चिनो समेत प्रदान गरिएको थियो ।