मोदी गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम, आर्थिक ऐन,२०७८, विनियोजन ऐन, २०७८ बार्षिक बजेट तथा योजना पारित गरेको छ । गाउँ सभामा कुल रू ७२ करोड १८ लाख ६४ हजारको बजेट पारित गरेको छ । जसमा ससर्त र सामाजिक सुरक्षासहित ४४ करोड ९३ लाख ६४ हजार चालू तर्फ र २७ करोड २५ लाख पूँजीगत तर्फ विनियोजन पारित गरिएको छ । नीति तथा कार्यक्रम र बजेटमा समावेश मुख्य बुँदाहरू निम्न छन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना तथा गण्डकी प्रदेश प्रक्षिक्षण प्रतिष्ठानको ब्यबस्थापन गाउँपालिकाको संयोजनमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) सम्बन्धी पालिका स्तरीय सहजीकरण कार्यक्रमको गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलको अध्यक्षतामा, नेपाल सरकारका पुर्व सह-सचिव नरहरी बराल जिल्ला सम्वन्य अधिकारी सुरेश ढकाल ले सहजीकरण गर्नु भएको थियो |
आज मिति २०७७ चैत्र ३ गते मोदी गाउँपालिकाले आफ्नो चौथो स्थापना दिवस एक विशेष कार्यक्रमका बिच भव्यताका साथ मनाएको छ । प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभाका सम्माननिय सदस्य पदम गिरी ज्युको आतिथ्यता रहेको उक्त स्थापना दिवश समाहरोहमा विभिन्न विधा तथा क्षेत्रहरुमा उल्लेखनिय योगदान पुर्याउँदै आउनुभएका संघ संस्था, उत्कृस्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, उपभोक्ता समिति, जग्गा व्यवस्थापन समिति, होमस्टे, राष्ट्रिय स्तरका खेलाडि, उद्धमीहरुलाई पुरस्कार रकम र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो भने मोदी गाउँपालिका बाट सरुवा भइ जानुहुने कर्मचारीहरुलाई मायाँको चिनो समेत प्रदान गरिएको थियो ।
मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उर्जा नदि मोदी खोलाको तस्विर l
मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार क्षेत्र l
राम्जा ठुलीपोखरी l
गाउँ सभाको १७ औ अधिबेशन
१७ औ गाउँसभा अधिबेशन
मोदी गाउँपालिका वडा न.७ बालमैत्री वडा घोषणा कार्यक्रम l