आज मिति २०७७/१२/१ गतेका दिन मोदी गाउँसभाले मोदी गाउँपालिकाको संस्था दर्ता ऐन,२०७७ पारित गरेको छ । त्यस्तै विनियोजन विधेयक संसोधन , केही योजना थप र संशोधन लगायत विभिन्न विषयमा महत्वपूर्ण निर्णय सहित आठौ गाउँसभा सम्पन्न भएको छ ।
मोदी गाउँपालिकाले आफ्नै लोगो (निशान छाप) तयार गरेको छ । गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार गरेको हो ।लोगोमा गाउँपालिकाका सवै पहिचानहरुलाई अटाईएको छ । लोगोमा नेपालको झण्डा, मोदी गाउँपालिकाको प्रमुख उत्पादन धानका वाला, मोदी गाउँपालिकाका विभिन्न जंगलमा पाईने ८ वटा गुँरास, प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे जस्तो देखिने पहाड, र विभिन्न जठिवुटीहरु पाईने जंगल समेत लोगोमा रहेको छ ।
मोदी गाउँपालिकामा निर्मित २ झोलुंगे पुलको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उद्घाटन गरेका छन् । मोदी गाउँपालिकाको वडा न ३ देउरालीमा निर्माणसम्पन्न घुरूङसेरा स्टील ट्रस्ट व्रिज तथा मोदी ३ देउराली र मोदी ४ क्याङ्ग जोड्ने टिमुरेघाट झोलुङ्गे पुलको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले एकै दिन उद्घाटन गरेका हुन् ।मोदी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा तिमिल्सीनाले दुईवटा पुलको उद्घाटन गर्दै विकास निर्माणको गतिमा पर्वत जिल्लाले छलार्ङ मार्न लागेको बताए । उनले विकास आयोजनाहरुमा निरन्तर खबरदारी गर्न समेत स्थानीयबासीलाई अनुरोध गरे ।तिमिल्सीनाले अव पर्वत जिल्लामा खोलाहरुमा मात्र नभई ख
मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उर्जा नदि मोदी खोलाको तस्विर l
मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार क्षेत्र l
राम्जा ठुलीपोखरी l
गाउँ सभाको १७ औ अधिबेशन
१७ औ गाउँसभा अधिबेशन
मोदी गाउँपालिका वडा न.७ बालमैत्री वडा घोषणा कार्यक्रम l